चिलिमे जलविद्युत कम्पनीले २६औं वार्षिक साधारण सभा सम्मपन्न

काठमाडाैं, २३ पुस । चिलिमे जलविद्युत कम्पनीले २६औं वार्षिक साधारण सभा सम्मपन्न गरेको छ । शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा गरिएको उक्त सभाले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगदसिहत १५ प्रतिशत लाभांस पारीत गरेको छ ।
कार्यक्रममा वार्षिक प्रतिवेदन पेश गर्दै चिलिमे जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घिसिङले निर्माणाधिन सबै आयाेजना यसै आर्थिक वर्ष भित्र हुने सम्पन्न हुने र सञ्चालनमा आउने बताए । कम्पनीले आइएसओ ९००१, २०५० र आइएसओ १४००१ २०१५ लागु गरी लागु गरी नियमित रूपमा आन्तरीक तथा बाह्य परिक्षण गराउँदै आएकाे बताए ।
अघिल्लाे आर्थिक वर्षकाे तुलनामा कम्पनीकाे खुद नाफा १२. ८८ प्रतिशतकाे अन्तरले वृद्धि भएकाे छ । कम्पनीकाे सेयर पूँजी ६ अर्ब ७५ कराेड १७ लाख ९४ हजार पुगेकाे छ। हाल सम्म रू ५ अर्ब ७९ कराेड १७ लाख ९४ हजार बाेनस सेयर वितरण गरेकाे छ । जुन शुरूकाे पूँजीकाे ६. २३ गुणा हुन आउँछ । कम्पनीसँग अझै ३ अर्ब ६५ काराेड ६८ लाख ७७ हजार सञ्चित मुनाफा रहेकाे छ ।