Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

गृहमन्त्रीको निर्देशन– आदेश होइन कानुनको पालना गर्नू

गृहमन्त्रीको निर्देशन– आदेश होइन कानुनको पालना गर्नू

चितवन, २८ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन, कानूनको पालना गर्न निर्देशन दिएका छन् । बिहीवार भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिइएको जानकारी दिए ।
‘सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कसैको पनि प्रभावमा नपरी काम गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘कानूनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’ जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानून पालना गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएको उनले बताए ।

कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्न समेत निर्देशन दिइएको गृहमन्त्री लामिछानेले स्पष्ट पारे । ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पु¥याउने वा मेरो मान्छे छोडिदेऊ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानूनी दायरामा ल्याउन निर्देशन दिएको छु,’ उनले भने ।

आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन् बढी निर्मम भएर काम गर्न निर्देशन दिएको उनको भनाइ थियो । नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी संगठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्ने काम आफूले गरिरहेको बताए । यसका लागि योजना बनाइरहेको उनले जानकारी दिए ।

सरकारले छिट्टै पूर्णता पाउने भन्दै गृहमन्त्री लामिछाने आफ्नो पार्टीले विज्ञताका आधारमा सरकारमा सहभागी हुने स्पष्ट पारे । सबै निकायसँग समन्वय गरेर मुलुकको विकासका काम गरिने उनको भनाइ छ । देशभर बन्द भएका अवैध क्रसर उद्योग सञ्चालनका विषयमा सचिवस्तरीय छलफल भइरहेको भन्दै उनले कानूनको पालना गर्ने विषयमा आफू कटिबद्ध रहेको स्पष्ट पारे । रासस

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x