Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

होटल ग्रीन लुम्बिनी र सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीबीच सम्झाैता

होटल ग्रीन लुम्बिनी र सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीबीच सम्झाैता

काठमाडाैं, २८ पुस । होटल ग्रीन लुम्बिनी प्रालिले सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीसँग व्यवस्थापकीय साझेदारीमा सेवाको शुभारम्भ गर्ने भएकाे छ । पुस २९ गतेदेखि दाङ्गको लमहीमा आफ्नो सेवाको शुभारम्भ गर्ने भएकाे हाे । होटल ग्रीन लुम्बिनी प्रालिकाे व्यवस्थापन सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीले हेर्ने भएकाे हाे ।

यस सम्झाैताले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्नुका साथै प्रदेश नं ५ मा आन्तरीक र वाह्य पर्यटक भित्र्याउन मद्दत गर्ने र यस क्षेत्रकाे आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा लिइएकाे छ ।

सिद्धार्थ हस्पिटालिटी ग्रुपले व्यवस्थापकीय साझेदारीको रुपमा लिएको होटल ग्रीन लुम्बिनीमा २० वटा अत्याधुनिक सुविधा युक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारीक वातावरण भएको रेष्टुरेन्ट, प्राइभेट डाइनिङ हल, बार, स्विमिङ पुल,स्पा लगायतका सुबिधाहरु उपलब्ध रहेका छन ।निकट भविष्यमा ४२ वटा अत्याधुनिक सुविधा युक्त कोठा, जिम् , हेल्थ क्लब, साथै चार तारे स्तरीय सुविधा दिने योजना रहेको छ ।

होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले कैलालीको टिकापुर, कर्णालीको चिसापानी, नेपालगन्ज, सुर्खेत,महेन्द्रनगर,झापाको बिर्तामोड, मोरङ्गको विराटनगर , नुवाकोटको वटार,कपिलवस्तुको चन्रौटा, बुटवल, चितवनको चुम्लिङटार, काठमान्डौको बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा ,बौद्घ , लगायतका स्थानहरुमा ३० वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएकोे सिद्धार्थ ग्रुपले दाङ्गको लमही –०५ स्थित होटल ग्रीन लुम्बिनी मा व्यवस्थापकीय साझेदारी सहित सेवा विस्तार गरेको हो ।

दाङ्ग लगायत लुम्बिनी प्रदेशमा होटल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ सिद्धार्थ गु्रपले देशका अन्य प्रमुख शहरहरुमा पनि त्यहाका व्यवसायीहरु संग व्यवस्थापकिय सहकार्य गरेर सेवा विस्तार गर्ने तयारी गरि रहेको छ । सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटेल सञ्चालन गरि रहेको छ भने भैरहवामा पाँच तारे होटल सञ्चालनको तयारीमा छ । ग्रुपले स्थानीयलाई रोजगारीको अवसर प्रदान गर्ने र स्थानीय उत्पादित सामानहरुलाई प्रोत्साहन दिनुका साथै बजारीकरण गर्न सधैँ प्रयत्नशील रहेकोमा दाङ्गमा पनि सो कार्यलाई निरन्तरता दिइने छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x