एक महिनामै करिब २६ अर्बले बढ्यो शोधनान्तर बचत

काठमाडौं, २९ पुस । मुलुकको शोधनान्तर स्थिति मंसिर महीनामा पनि बचतमा रहेको छ । यस महीना अघिल्लो महिना कात्तिकको तुलनामा शोधनान्तर बचत २५ अर्ब ८४ करोडले बढेर रू. ४५ अर्ब ८७ करोड पुगेको छ ।
समीक्षा अवधिमा चालु खाता भने रु. ३७ अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. २९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ ।
यस्तै प्रत्यक्ष वैदेशिक लगानी रु. ६० करोड ४९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ४ अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ अर्ब ७ करोड रहेको थियो ।