Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता

काठमाडाैं, २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सात वटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औँ वार्षिक साधारणसभामा प्रधानमन्त्रीले हस्तकला उद्योग नेपालको अर्गानिक क्षेत्र भएको बताए।

‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ। यो असीमित सम्भावना भएको क्षेत्र हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ। अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र विस्तार गर्न सकिन्छ। यसैले सरकार हस्तकला उद्योगलाई सात वटै प्रदेशमा विस्तार गर्न प्रतिबद्ध छ।’

साधारणसभामा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको क्षेत्रलाई प्रवर्द्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तुहरू निर्यात गर्न सकिनेमा जोड दिँदै हस्तकलाको क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *