मञ्जुश्री फाईनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, ३० पुस । यस मञ्जुश्री फाईनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएकाे छ । उक्त साधारण सभाद्वारा आर्थिक वर्ष २०७८÷०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८÷०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित भयो।
केन्द्रिय कार्यालय सहित २७ शाखाहरु रहेको यस फाइनान्सको २०७९ साल मंङ्गसिर मसान्त सम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु १२.४६ अर्ब निक्षेप संकलन गरि रु ११.५० अर्ब कर्जा परिचालन गरेको छ ।
यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, अनलाईन खाता र ब्त्ः सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।