माछापुच्छ्रे बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ३० पुस। माछापुच्छ्रे बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७८ /७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८ /७९ को नाफा नोक्सान हिसाब, नाफा नोक्सान बोडफोड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।