गोङ्गबुमा खुल्याे केटीएम सिटीको नयाँ आउटलेट
काठमाडौं, २ माघ। काठमाडौंको गोङ्गबुमा केटीएम सिटीको नयाँ आउटलेट खुलेको छ । शेर्पा आउटडोरको केटीएम सिटीले गोङ्गबुको गणेशस्थानमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।
देशभर नयाँ आउटलेट विस्तार गरिरहेको केटीएम सिटीले गोङ्गबुमा २६ औं आउटलेट खोलेको हो । नेपाली ब्राण्डको केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा नेपाली र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराईरहेको छ । गोङ्गबुमा खुलेको आउटलेटमा केटीएम सिटीका पछिल्ला उत्पादन उपभोक्ताले प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
शेर्पा आउटडोरको केटीएम सिटीले आम मानिसको जीवनशैली र खेलकुदलाई केन्द्रित गर्दै आफ्ना सामाग्री उत्पादन गर्दै आएको छ । चाँडै अन्तराष्ट्रिय बजारमा समेत नेपाली ब्राण्डको रुपमा आफुलाई उभ्याउने गरि केटीएम सिटीले गृहकार्य अघि बढाएको छ । भारत र क्यानडामा समेत आउटलेट खोलेर सेवा विस्तार गरेको केटीएम सिटीले देशभर शाखा विस्तारलाई प्राथमिकतामा राखेको छ ।