Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मंगलबार ३२.७२ अंकले बढ्याे नेप्से परिसूचक, तीन अर्ब ७२ करोडको कारोबार

मंगलबार ३२.७२ अंकले बढ्याे नेप्से परिसूचक, तीन अर्ब ७२ करोडको कारोबार

काठमाडाैं, ३ माघ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२.७२ अंकले बढेर दुई हजार एक सय ८२ दशमलब ११ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज तीन अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १६९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३० वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने तीन कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज प्रभु सेलेक्ट फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यसको आज २३ करोड २६ लाखभन्दा बढीको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x