Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

‘सरकार अर्थतन्त्रका समस्या पहिचानकै क्रममा छ, चाँडै समाधानका ठोस योजना लिएर आउने छाैँ’

‘सरकार अर्थतन्त्रका समस्या पहिचानकै क्रममा छ, चाँडै समाधानका ठोस योजना लिएर आउने छाैँ’

काठमाडाैं, ४ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालकाे अर्थतन्त्र भुकम्प र नाकाबन्दी जस्ता ठुलठुला गुज्रिएकाे भए पनि अहिलेको जस्तो सङ्कुचन नदेखिएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आज काठमाडौंमा आयोजना गरेकाे ‘अर्थतन्त्र : अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा भूकम्प लगत्तै नाकाबन्दीको प्रहार भाेगेकाे अर्थतन्त्रले कोभिड महामारीमा समेत जेनतेन धानेकाे भन्दै अर्थमन्त्री पाैडेलले अहिले आर्थिकरूपमा चिन्ताजनक अवस्थामा कसरी पुगियो भन्ने जबर्जस्त प्रश्न देखिएको बताएका हुन् ।

भूकम्प र नाकाबन्दीमा समेत धेरै नखुम्चिएको नेपालको अर्थतन्त्र अहिले के कारणले धर्मराएको हो भनेर समस्या पहिचान भइरहेको उनको भनाइ छ । अर्थतन्त्रमा देखिएका समस्याका कारणको सूक्ष्म विश्लेषण गर्दै समाधानका लागि चाँडै समाधानका ठोस योजना लिएर आउने बताए ।

यस्तै उक्त कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको अवस्थामा कर्जाको व्याज एक अंकमा नझर्ने बताए ।  व्यवसायीले व्याजदर एक अंकमा हुनु पर्ने माग प्रति असन्तुष्टि जनाउँदै अहिलेको अवस्थामा निक्षेपको व्याज एक अंकमा आए पनि कर्जाको व्याजदर १० प्रतिशतभन्दा तल नझर्ने उनले बताए ।

सरकारको प्रथमिकता उत्पादन वृद्धि र निर्यात वृद्धिमा हुनु पर्ने बताउँदै पूर्वअर्थमन्त्री डा. खतिवडाले अहिलेको अवस्थामा १५/१६ प्रतिशत आयात बढ्ने हो भने भुक्तानी सन्तुलनमा असर पर्ने भन्दै औद्योगिक क्षमता बढाउनु पर्नेमा जाेड दिए ।

यस्तै कार्यक्रममा बाेल्दै अर्थविद् तथा याेजना आयाेगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले अहिलेको कर्मचारीलाई तालिम दिएर राजस्व संकलन नबढ्ने दावी गरेका छन् । अहिलेका कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच बनाउनु भन्दा पनि चाटर्ड एकाउन्टेन्ट (सिए) हरुलाई ‘हायर’ गरेर काम गर्ने हो भने राजस्व बढाउन सक्ने बताए ।सिएहरुलाई कहाँ–कहाँ राजस्व चुहावट भएको थाहा हुने भन्दै यसले राजस्व बढाउन सहयोग पुग्ने उनकाे भनाइ छ।

यस्तै उनले विश्वभर नै आर्थिक अवस्था संकुचन तर्फ लागेकोले नेपालमा पनि त्यसको बाछिटा आउने बताए । नेपालमा पछिल्लो पटक रेमिटेन्स बढेकाले नेपालले डराई हाल्ने अवस्था नरहेको उनको भनाइ छ । बिप्रेषणमा त्यति चाडो परिवर्तन नआउने उनको दावी छ ।

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गती लिन नसकेको बताए। पछिल्लो समय तरलता अभावसँगै उच्च व्याजदर, पुँजिगत खर्च समयमा नै हुन नसक्ने, राजश्वले चालु खर्च पनि धान्न नसक्ने लगायतका समस्याले आर्थिक गतिविधी सामान्य अवस्थामा फर्किन नसकेको बताए ।

पछिल्ला तथ्याङकले अर्थतन्त्रको बाह्य क्षेत्रमा झिनो सुधार देखिएपनि आन्तरिक पाटो अझै पनि जोमिख मुक्त हुन नसकेको भन्दै उनले करिव साढे ८ प्रतिशतको मुल्यवृद्धि तरलतामा चाप , पूजिगत खर्चको कछुवागति, र व्याजदर वृद्धि लगायतका कारणले अर्थतन्त्रलाई चापमा पारिरहेको बताए ।

यस्तै उनले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पुरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरिनु पर्ने बताए । बढेको बैंकदरले वित्तिय क्षेत्रलाई असन्तुलित बनाएकाे भन्दै बैंकदर घट्दा बेसरेट पनि घट्ने विश्वाश व्यक्त गरे । उनले भने,  ‘बैंक वित्तिय संस्थाले बेस रेटमा लिने प्रिमियम पनि व्यक्ति अनुसार फरक हुँदा यसले समस्या उत्पन्न गरेको छ । कसैलाई ०.५ प्रतिशत र कसैलाई ६ प्रतिशत सम्म प्रिमियम लिँदा ठूलालाई चयन र सानालाई ऐन जस्तै भएको छ।’

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x