Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

उद्योगीमैत्री वातावरण बनाउन परिसंघको अग्रह

उद्योगीमैत्री वातावरण बनाउन परिसंघको अग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई आग्रह गरेको छ । बुधबार परिसंघको टोलीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीसँग भेटवार्ता गर्दै उद्योगीमैत्री वातावरण बनाइदिन आग्रह गरेको हो ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले बुधबार मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना दिँदै विद्यमान अर्थतन्त्र र औद्योगीकरणका विषयमा छलफल गरेको थियो । परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावजस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएबा बेला मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने नीति अवलम्बन गर्न आग्रह गरे ।उनले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसरहरू सृजना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरे ।

आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि अग्रवालले आग्रह गरे ।

परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ ।

जवाफमा मन्त्री भण्डारीले परिसंघले लिपिबद्ध गरी दिएको ठोस सुझावमध्ये कार्यान्वयन गर्न सकिने सुझाव परिसंघसँग छलफल गर्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले रोजगारीको अभावमा पलायन भइरहेका जनशक्तिलाई रोक्न र नेपालमै नयाँ रोजगारीका अवसरहरू बढाउनु आफ्नो लक्ष्य रहेको र औद्योगिक विकासबाट मात्रै यो सम्भव भएकाले परिसंघसँग सहकार्य गरी अघि बढ्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x