Date

शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

१ खर्बभन्दा बढी पुनर्कर्जा लगानीमा

१ खर्बभन्दा बढी पुनर्कर्जा लगानीमा

काठमाडौं, ६ माघ । चालू आर्थिक वर्षको पहिलो छ महीनामा नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा खर्बभन्दा बढी लगानीमा रहेको छ । मंसिर मसान्तसम्मा १०० अर्ब ३७ करोड पुनर्कर्जा लगानीमा रहेको केन्द्रीय बैंकको तथ्यांक छ ।

२०७९ मंसिर मसान्तसम्ममा १ लाख ४८ हजार ५ सय ५० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु. २०९ अर्ब ३२ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ८ सय ५१ ऋणीलाई प्रवाह भएको रु. १३८ अर्ब ७१ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ८ सय ६५ महिला उद्यमीलाई प्रवाह भएको रु. ६७ अर्ब ३३ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ३४ ऋणीको रु.३ अर्ब २७ करोड कर्जा बक्यौता रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x