Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रधानमन्त्रीले भने- वैदेशिक रोजगार ऐन संशोधन गर्न सरकार तयार छ

काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगार ऐन संशोधन गर्न तयार रहेकाे बताएका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताएका हुन् ।

समय अनुसार वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पारदर्शी, प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरूलाई निरुत्साहीत गर्ने प्रक्रियामा केही प्रगति भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले हेरक क्षेत्रमा जनता र राष्ट्रको निम्ति केही नयाँ सुरुआत गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वैदेशिक रोजगारीको क्षेत्रमा रहेका विकृति विसङ्गति रोक्न व्यवसायीहरूको सहयोगको आवश्यकता रहेको उनले बताए । उनले भने, ‘श्रममन्त्री र सचिवसँग राम्रो जानकारी लिएर श्रम ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन तयार छाैं ।’

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x