Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआईसी एशिया बैंकको नाफा वृद्धि, ईपीएस ५६.७७ रुपैयाँ पुग्यो

एनआईसी एशिया बैंकको नाफा वृद्धि, ईपीएस ५६.७७ रुपैयाँ पुग्यो

काठमाडौं, ७ माङ । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासकाे अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

बैंकले आ.व. २०७९÷८० को दोस्रो त्रयमाससम्ममा कुल कर्जा २६६.६८ अर्ब पुगेको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुगेको छ । पुस मसान्तसम्ममा बैंकको खुद नाफा ३६. प्रतिशत बढेर ३.२७ अर्ब आर्जन गर्न सफल भएकोे छ । समिक्षा अवधिमा बैंकको स्व–पूँजीमा प्रतिफल २४.७५ प्रतिशत रहेको छ।

 

साथै, बैंकले वार्षिक प्रतिसेयर आम्दानी ५६.७७ रुपैयाँ आर्जन गर्न सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकले जनाएको छ ।

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई समिक्षा अवधिमा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा समग्र वाणिज्य बैंकहरूभन्दा एनआईस एशिया बैंक अग्रणी स्थानमा रहेको बैंकको दाबी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x