Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, ९ माघ। साेमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजाे आइतबार स्थिर रहेकाे सुनकाे मूल्य आज ताेलामा ३०० रूपैयाँले बढेकाे हाे।

आज छापावाल सुनकाे मूल्य ताेलाकाे १ खा ५ हजार ३०० रूपैयाँ निर्धारण गरीएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार छापावाल सुन एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियाे ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४ हजार ८०० रुपैयाँ रहेको छ भने हिजाे तेजावी सुन प्रतिताेला एक लाख ४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रूपैयाले बढेर एक हजार तीन सय ८० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x