Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकवीच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकवीच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता

काठमाडौं, ९ माघ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) तथा ‘क’ वर्गको वाणिज्य बैंके माछापुच्छ्रे बैंकवीच एससीटी युपीआई (SCT-UPI) डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधब सुवेदीले हस्ताक्षर गरेका हुन् ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको माछापुच्छ्रे बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौता पश्चात माछापुच्छ्रे बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआई (SCT UPI) डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआई (SCT UPI) सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श (e-commerce ) जस्ता सेवा सजिलै लिन सक्ने छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x