Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

साेमबार १३.७१ अंकले घट्याे नेप्से परिसूचक, ५ कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट

साेमबार १३.७१ अंकले घट्याे नेप्से परिसूचक, ५ कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट

काठमाडौं, ९ माघ । साताको कारोबारको दोसो दिन आजसेयर बजार मापक नेप्से परिसूचक दोहारो अंकले घटेको छ । नेप्से परिसूचक आज १३.७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा बन्द भएको हो ।

साेमबार २५७ कम्पनिकाे १ कराेड ७५ लाख ९ हजार ५७९ कित्ता शेयर किनबेच हुँदा अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ४१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जीआइसी इन्स्यारेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्स कम्पनीकाे शेयरमूल्य उच्च अंकले बढेको छ । यस्तै  हिमालयन हाइड्रोपावर र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x