Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

बैंक तथा वित्तीय संस्थाको ६६.८ प्रतिशत कर्जा घरजग्गा धितोमा

बैंक तथा वित्तीय संस्थाको ६६.८ प्रतिशत कर्जा घरजग्गा धितोमा

काठमाडौं, १० माघ । चालू आर्थिक वर्षको पहिलो ५ महीनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घरजग्गाको धितोमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले यस्तो देखाएको हो । यसैगरी १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
२०७८ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.५ प्रतिशत र १२.४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९÷८० को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.० प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.३ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले, कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह ३.५ प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ६.० प्रतिशतले, ओभरड्राफ्ट कर्जा ९.४ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ०.२ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ३.७ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.५ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.० प्रतिशतले र मार्जिन प्रकृति कर्जा ६.७ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x