५१ लाख ३५ हजार नाघे स्थायी लेखा नम्बर लिने करदाता
काठमाडौं, १५ माघ । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा स्थायी लेखा नम्बर लिने करदाता संख्या ५१ लाख ३५ हजार नाघेको छ । आन्तरिक राजस्व विभागका अनुसार सो अवधिमा कुल ३५ लाख ५१ हजार ५९० जनाले स्थानीय लेखा नम्बर लिएका छन् ।
कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता संख्या ३२ लाख ८५ हजार ६४९ जना छन् भने व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १८ लाख २७ हजार १३९ जना छन् । यस्तै कर कट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर २२ हजार ६०२ रहेको छ ।