Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बिहिबार २२.१२ अंकले घट्याे सेयर बजार, कारोबार रकममा भने सुधार

बिहिबार २२.१२ अंकले घट्याे सेयर बजार, कारोबार रकममा भने सुधार

काठमाडौं, १९ माघ। बिहिबार साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक घटेकाे छ ।  आज नेप्से परिसूचक २२. १२ अंकले घट्दा २०९४.५४  अंकको बिन्दुमा झरेको छ ।

१० पुसमा नयाँ सरकार गठनसँगै लगातार बढेर २५ पुसमा २२११.७७ अंकसम्म पुगेकाे बजार बिहिबार पुनः २१०० अंकको बिन्दुबाट तल झरेको हाे।

त्यस्तै, आज नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । बुधबार एक अर्ब ७६ करोड ७० लाख बराबरको कारोबार भएकोमा बिहिबार नेप्सेमा दुई अर्ब ९ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयरमूल्य घटेको छ। ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x