अर्थ मन्त्रालयका ६ सहित २६ सहसचिवको सरुवा
काठमाडौं, १९ माघ । अर्थमन्त्रालका ६ जना सचिवसहित २६ सहसचिवको सरुवा शुरू भएकाे छ । हाल अर्थ मन्त्रालय मातहत कार्यरत सहसचिवहरू बाबुराम सुवेदी, केदारनाथ शर्मा, भुपाल बराल, रमेशकुमार केसी, जितेन्द्र बस्नेत र अज्ञराज कोइरालाको सरुवा भएको हाे।
सरकारले आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख सुवेदीलाई राष्ट्रिय योजना आयोजको सचिवालयमा सरुवा गरेको छ । त्यसैगरी प्रशासन महाशाखा प्रमुख शर्मालाई गृह, राजस्व महाशाखा प्रमुख बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख केसीलाई स्वास्थ्य, जितेन्द्र बस्नेतलाई गृह र यज्ञराज कोइरालालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै, सेवन्तक पोखरेल, श्रीकृष्ण नेपाल, धनिराम शर्मा, रामप्रसाद आचार्य, रमेश अर्याल र झक्कप्रसाद आचार्य भित्रिएका छन् ।