Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

उद्योग संगठन मोरङ र नेपालका लागि अमेरिकी राजदुत थोम्सनबीच भेटवार्ता

उद्योग संगठन मोरङ र नेपालका लागि अमेरिकी राजदुत थोम्सनबीच भेटवार्ता

काठमाडाैं, २० माघ । उद्योग संगठन मोरङका प्रतिनिधि र नेपालका लागि अमेरिकी राजदुत डिन आर थोम्सन वीच भएको भेटमा नेपाल र अमेरिकाको ब्यापारका विविध आयाय र दिपक्ष्ँीय व्यवसायीक हितका सम्वन्धमा उद्योग संगठन मोरङमा छलफल भएको छ ।

छलफलमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले अमेरिकाले नेपाललाई सहुलियतपूर्ण प्रवेशको अनुमति दिएको सतहत्तर वटा वस्तुहरु खासै निर्यात हुन नसकेको तथ्यलाई मध्यनजर गरी उक्त वस्तुहरुको सूची पुनरवलोकन गर्न अनुरोध गरे । उनले उर्जाका क्ष्ँेत्रमा नेपालमा भईरहेको लगानी रन अफ रिभरमा आधारित रहेकाले आगामी दिनमा अमेरिकी सरकारले एम.सी.सी जस्ता ठूला र दीर्घकालिन महत्वका राख्ने परियोजना अन्तर्गत लगानी गर्दा जलाशययुक्त विद्युत गृह र नेपालको जलमार्ग विकास तर्फ लगानी गर्न सुझाव दिए । त्यसैगरी अध्यक्ष्ँ प्याकुरेलले नेपालको उद्योग व्यवसायहरुको प्रतिष्पर्धी क्षमता र उत्पादकत्व अभिवृद्धिका साथै हरित उत्पादनलाई दृष्टिगत गरी अमेरिकाले प्रयोगमा ल्याएको नविनतम प्रविधि प्रयोग र हस्तान्तरणमा सहजीकरण तथा अनुभव आदान प्रदानमा सहयोग गर्न अनुरोध गरे ।

नेपालका लागि अमेरिकी राजदुत डिन आर थोम्सनले नेपाल र अमेरिका वीचको व्यवसायीक विस्तारका लागि आफु सदैव सकारात्मक रहेको वताए । उनले अमेरिकाले सहुलियतपूर्ण निकासीका लागि अनुमति दिएको वस्तुको सूचीलाई पुर्वविचार गर्न पहल गर्ने वताउदै नीजि क्ष्ँेत्रको विकास र विस्तारले देशको आर्थिक विकासमा दुरगामी महत्व राख्ने उल्लेख गर्दै दुवै देशको व्यापारिक हितलाई मध्यनजर गरी सहयोगका लागि आफुले सहजीकरण गर्ने वताए ।

सो अवसरमा राजदुत थोम्सनले उद्योग संगठन मोरङमा रहेको अमेरिकन कर्नरको अवलोकन गरी विराटनगरमा रहेका अल्मुनाईहरुका साथ अन्तरक्रिया समेत गरेका थिए ।

कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष्ँ प्रदीप मुरारका, उपाध्यक्ष्ँ राजकुमार गोल्छा, नन्दकिशोर राठी, कोषाध्यक्ष्ँ विपिन कावरा, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली, सुशिल रिजाल, सौरभ सारडा, पारस लुनिया, ईन्द्र खत्री, सुदिप घिमिरेका साथै अमेरिकी दुतावासका उच्च पदस्थ प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x