Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

अर्थ मन्त्रालयका सहसचिवको जिम्मेवारी हेरफेर, कसले कुन महाशाखा पाए ?

काठमाडाैं, २० माघ । अर्थमन्त्रालयका सहसचिव हरूकाे कार्यविभाजन गरीएकाे छ । बिहिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेपछि आज उनीहरूकाे कार्य विभाजन गरीएकाे हाे ।

फेरिएको जिम्मेवारी अनुसार श्रीकृष्ण नेपाल आर्थिक सहायता समन्वय महाशाखा, धनिराम शर्मा पनि बजेट तथा कार्यक्रम महाशाखा फर्किएका छन् । उनीहरू पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको पालामा समेत सोही महाशाखामा थिए।

यस्तै सहसचिव झक्कप्रसाद आचार्य वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बनेका छन् भने ईश्वरीप्रसाद अर्याल वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनेका छन्।

यस्तै लक्ष्मीप्रसाद निरौलाले प्रशासन महाशाखाको जिम्मेवारी पाएका छन् भने बजेट महाशाखामा रहेका रितेशकुमार शाक्यलाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ।

सुमन दाहालले आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी पाएका छन् भने कमलप्रसाद भट्टराईलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सारिएको छ।

यस्तै सेवन्तक पोखरेल भन्सार विभागका उपमहानिर्देशक बनेका छन्। तालिम केन्द्रका प्रमुख शिवलाल तिवारीलाई भन्सार जाँचपास परीक्षण कार्यालय पठाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x