Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर हिमालयशम्शेर राणा

रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर हिमालयशम्शेर राणा

काठमाडाैं, २२ माघ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आउनुभएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना हुनुभएको थियो ।

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x