Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विदशी मुद्राको सञ्चिति १० प्रतिशतले बढेर १३३७ अर्ब २९ करोड पुग्याे

विदशी मुद्राको सञ्चिति १० प्रतिशतले बढेर १३३७ अर्ब २९ करोड पुग्याे

काठमाडाैं, २३ माघ । चालु आर्थिक वर्षकाे ६ महिनामा बिदेशी मुद्रा सञ्चिती बढेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको  बिदेशी मुद्रा सञ्चिती १० प्रतिशतले बढेकाे हाे । असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पुस मसान्तमा पुग्दा रु.१३३७ अर्ब २९ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा  पुस मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई रु.१५३ अर्ब ९१ करोड कायम भएको छ । २०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६प्रतिशत रहेको छ ।

छ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x