Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

उतारचढावबीच सामान्य अंकले बढ्याे नेप्से, १ अर्ब ४७ करोडकाे काराेबार

उतारचढावबीच सामान्य अंकले बढ्याे नेप्से, १ अर्ब ४७ करोडकाे काराेबार

काठमाडाैं, २३ माघ । सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से ४.५७ अंकको वृद्धि भएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तिममा  ४.५७ अंकले बढेर  २१००.६५ बिन्दुमा पुगेर बन्द भएको हाे ।

सोमबार बजारमा २५९ कम्पनीकाे ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १०४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ। आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ३३३ दशमलव ८० रुपैयाँ पुगेको हाे ।

यस्तै आज लक्ष्मी बैंक डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x