आईएमई पेकाे ‘मन्थ अफ लभ’ अफर: तीन काराेबार भुक्तानीसँगै स्मार्टफोन जित्ने मौका
काठमाडौं । आईएमई पेले ‘मन्थ अफ लभ’ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आईएमई पे एपमा अफर अवधिभरी कम्तीमा तीनवटा विभिन्न कारोबारको भुक्तानी गरे पछि पाँचजनाले सामसङ स्मार्टफोन जित्ने मौका पाउने छन् ।
भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण त्यसैअनुसार गरिएको बताइएको छ । उक्त अफर फेब्रुअरी ३ बाट सुरु भई फेब्रुअरी भरी सञ्चालनमा रहने बताइको छ ।
यस अफर अवधिको समाप्तिपछि आईएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत भाग्यशाली विजेताको घोषणा हुने बताइको छ ।
डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यस अफर सञ्चालनमा ल्याएको बताइएको छ ।