Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

सडक निर्माणका लागि ५ अर्ब ५० करोड

सडक निर्माणका लागि ५ अर्ब ५० करोड

काठमाडौै, जेठ १६ । सरकारले सडक निर्माणको लागि ५ अर्ब ५० करोड बिनियोजन गरेको छ।बजेटले सडक पूर्वाधार, ऊर्जा क्षेत्रको विकास,  सहरी पूर्वाधार, ग्रामस्तरीय होटल तथा पर्यटन पूर्वाधार विकासमा सुरुङमार्ग निर्माण, सिञ्चाइ, ग्रामीण विद्युतीकरण, हवाइ क्षेत्र र पुनर्निर्माण लाई उच्च प्राथमिक्तामा राखेको छ।

सरकारले पुनर्निर्माणकालागि एक खर्ब ५१ अर्ब ८ करोड रुपैयाँ  बिनियोजन गरेको छ भने तराइ मधेस समृद्धि कार्यक्रमका लागि दुर्इ अर्ब तीन करोड रुपैयाँ बजेटमा ब्यबस्था गरिएको छ ।सरकारले दाङ र काभ्रेपलाञ्चोकमा बैकल्पिक विमानस्थल निर्माणका साथै हवाइ क्षेत्रको सु्धारकालागि  १९ अर्ब ३५ करोड बजेट छुट्याएको छ।

सरकारले हालै मात्रै आगामी आर्थिक वर्ष २०७५/०७६ को  नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ५० करोड   रुपैयाँ  बजेट विनियोजन गरेको छ । विगतको अनुभवलाई हेर्दा सरकारको पूजीगत खर्च गर्ने क्षमतामा भने प्रश्न चिन्ह लाग्दै आएको छ।चालु आर्थिक बर्षको नौ महिनाको अबधिमा सरकारले ४७ प्रतिशतमात्र पूजीगत खर्च गरेको केन्दिय बैकको तथ्याङकले देखाउद छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x