Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सवै स्थानीय तहमा अप्टिकल फइवर,विद्यालयमा निशुल्क इन्टर नेट

सवै स्थानीय तहमा अप्टिकल फइवर,विद्यालयमा निशुल्क इन्टर नेट

बजेटले सूचना प्रविधि मैत्री शिक्षा मार्फत सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा उच्च गतिको निशुल्क इन्टरनेट सेवा पुर्याइने ब्यवस्था गरेको छ । विपन्न सिमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि ५ प्रतिशत ब्याज अनुदानमा शैक्षिक ऋण उपलव्ध गराउने भएको छ ।

उच्च शिक्षालाई अन्वेषणमुखी बनाउन विश्वविद्यालयहरुलाई क्रमश उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्ने तथा विश्वविद्यालय छाता एन ल्याउने बजेटमा उल्लेख छ । यसैगरी शिक्षा क्षेत्र सुधारका लागि माध्यमिक तहसम्मको शिक्षालाई क्रमश निशुल्क र अनिवार्य गरिने छ । प्रदेश र स्थानीय तहको सहकार्यमा आगामी २ वर्षभित्रमा साक्षर नेपाल घोषणा गरिने छ । सम्पूर्ण बालबालिकालाई बिद्यालय ल्याऔ टिकाऔ र सिकाऔ अभियान संचालन गरिने छ । सामुदायिक विद्यालयका कक्षा ५ सम्म पढ्ने विद्यार्थीलाई पौष्टिक दिवा खाजा उपलव्ध गराइने छ । विद्यालयलाई अपांगता र बालमैत्री बनाउने, मदरसा गुरुकुल र गुम्बा शिक्षालाई आधुनिक शिक्षाको मुलधारमा आवद्ध गरिने पनि बजेट भाषणमा उल्लेख छ । दलित तथा लोपोन्मुख बालबालिकालाई सबै विषयमा उच्च शिक्षा निशुल्क हुने ब्यवस्था मिलाइने छ । सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालय तथा विद्यालय पुर्याइने छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको पुनर्संरचना, प्राविधिक क्याम्पसमाका स्नातक तहका विद्यार्थीलाई इन्टर्नको रुपमा परिचालन गर्ने पनि योजना राखिएको छ ।  विद्यार्थी संख्या विषयगत आवश्यकता र भौगोलिक अवस्था समेतका आधारमा विध्यमान शिक्षक दरबन्दीको पुनर्वितरण गरिने उल्लेख छ ।

यसैगरी सूचना तथा संचारका क्षेत्रमा भावी योजना बनाउनै नयाँ बजेटले  नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गरी सार्वजनिक प्रसारण संस्थाको रुपमा संचालन गर्ने लक्ष्य राखेको छ । त्रिवि पत्रकारिता केन्दिय विभागमा अनुसन्धान र प्रयोगात्मक कक्षा सहितको आधुनिक भवन निर्माण गर्ने । पत्रकार दुर्धटना बीमा र पत्रकार वृत्तिकोषलाई पत्रकारको हितमा परिचालन गर्न अनुदानको व्यवस्था गरिएको छ । उच्च सुरक्षण मुद्रण र गुणस्तरीय छपाइ व्यवस्था, चलचित्र नगरी निर्माण, बक्स अफिस प्रणाली लागु, सबै स्थानीय तहमा अपटिकल फाइबर बिच्याउने कार्य र हुलाक सेवालाई प्रतिस्पर्धि र व्यावसायिक बनाउने विषय पनि बजेट भाषणमा उल्लेख छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x