Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सरकार र आन्दोलनरत यातायात मजदुर संगठनबीच सहमति, आन्दाेलन स्थगित

सरकार र आन्दोलनरत यातायात मजदुर संगठनबीच सहमति, आन्दाेलन स्थगित

काठमाडाैं, २ फागुन । सरकार र आन्दोलनरत यातायात मजदुर संगठनबीच सहमति भएकाे छ। सहमति भएसँगै यातायात मजदुर र व्यवसायीयले आन्दोलन स्थगित गर्ने भएका छन्। मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुई पक्षीय वार्तापश्चात् आन्दाेलन स्थगित भएकाे हाे।

यद्यपि यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन् । वार्तामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाएका थिए ।

काठमाडाैँ उपत्यकामा आज सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती बेहाेर्नु परेको थियो। हिजाे ट्राफिक नियमविरुद्ध आन्दोलित भएका यातायात मजदूरहरूले काठमाडौँको बालाजुमा प्रहरीका दुईवटा भ्यानमा आगजनी गरेका थिए। यस्तै, बालाजुको माछापोखरीस्थित अस्थायी प्रहरी बिट पनि जलाएका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x