Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

काठमाडौं महानगरपालिकाले ल्यायाे प्रत्येक दुई वर्षमा घरभाडा १० प्रतिशतले बढाउने निर्देशिका

काठमाडौं महानगरपालिकाले ल्यायाे प्रत्येक दुई वर्षमा घरभाडा १० प्रतिशतले बढाउने निर्देशिका

काठमाडौं, ४ फागुन । काठमाडौं महानगरपालिकाले घर बहाल रकम निश्चित अवधिमा बढाउने निर्देशिका ल्याएकाे छ । महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार महानगर भित्र बहालमा दिएका घरहरुले दुई वर्षमा १० प्रतिशतले बढाउन सक्ने भनिएकाे छ ।

‘घरबहाल रकम प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने छ’ महानगरले तयार पारेको सम्झौता पत्रको ढाँचाको बुँदा नम्बर ७ मा भनिएको छ । यो व्यवस्था कार्यान्वयन भएसँगै घरधनीहरुले मनलाग्दी भाडा उठाउन पाउँदैनन् भने तोकिएको भाडाको आधारमा महानगरमा घर बहाल कर तिर्नुपर्ने महानगरले जनाएकाे छ ।

घरबहालसम्बन्धी घरधनी र बहालमा बस्ने बीच विवाद भएमा सम्झौताको आधारमा महानगरको न्यायिक समितिले समाधान गर्नेछ । घरभाडामा दिंदा र घरखाली भएको सूचना भने सात दिनभित्र महानगरपालिकामा दिनुपर्ने छ । घरखाली भएको जानकारी नगराएको अवस्थामा भने भाडामा लगाउने पक्षले सो अवधिभरको घरबहाल कर महानगरपालिकालाई तिर्नुपर्ने हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x