Date

सोम, बैशाख ३१, २०८१
Mon, May 13, 2024

करबि दुई सातापछि ३३.५७ अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

करबि दुई सातापछि ३३.५७ अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

काठमाडाैं, १० फागुन ।  करीब २ सातापछि सेयरबजार सकारात्मक देखिएकाे छ । लगातार घटेकाे सेयर बजार मापक नेप्से परिसूचक बुधबार भने दाेहाेराे अंकले बढेकाे हाे ।

आज नेप्से परिसूचक ३३.५७ अंकले बढेर २ हजार ८०  बिन्दुमा बन्द भएकाे हाे । नेप्से परिसूचक बढेपनि आज काराेबार रकम भने घटेकाे छ । आज २९६ कम्पनीकाे ४७ लाख ७९ हजार ७ सय ९६ कित्ता सेयर किनबेच हुँदा काराेबार रकम १ अर्ब  ८० करोडमा सीमित भएको छ ।

आज कुल १६५ कम्पनीको सेयर मूल्य बढ्दा ४९ कम्पनीको सेयर मुल्य घटेकाे छ भने ३ कम्पनीकाे सेयर मूल्यको स्थिर रहृयो ।

आज कारोबार भएको कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज विर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९.८० अंकले बढेर प्रतिकित्ता २८८.८० रुपैयाँ पुगेको छ । त्यस्तै, छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.५६ प्रतिशतले बढेर प्रतिकित्ता ३६८ रुपैयाँ पुगेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको हो ।

आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x