कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी चयन
काठमाडाैं, ११ फागुन । कृषि विकास बैंकको अध्यक्षमा पूर्वराजस्वसचिव समेत रहेका रामशरण पुडासैनी चयन भएका छन् । यअसघि अध्यक्ष रहेका रमेश दवाडीले राजीनामा दिएपछि पुडासैनी अध्यक्षमा चयन भएका हुन्
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो । यसअघि अर्थमन्त्रालयले पुडासैनीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो ।
अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुठासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए । पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ ।