Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्र बैंकको नीतिको असर: ५७.७४ अंकले घट्यो बजार, ३७ लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

राष्ट्र बैंकको नीतिको असर: ५७.७४ अंकले घट्यो बजार, ३७ लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडाैं, ११ माघ । बिहिबार सेयरबजार मापक नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा झरेकाे हाे ।

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूको लाभांशमा कडाइ गर्दै निर्देशन जारी गरेपछि त्यसको असरमा सेयर बजार मापक नेप्से परिसूचकमा परेको छ । राष्ट्र बैंकले बुधबार लघुवित्त संस्थाहरूलाई १५ प्रतिशत मात्र लाभांश वितरण निर्देशन जारी गर्दै लाभांशमा कडाइ गरेको थियो ।

आज सबै लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ भने ३७ लघुवित्त संस्थाको सेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेर बन्द भएको छ । नकारात्मक सर्किट लाग्नेमा छिमेक लघुबित्त, डिप्राेक्स लघुवित्त, सब्मिट लघुवित्त, स्वराेजगार लघुवित्त, नयाँ सारथी लघुवित्त, कालिका लघुवित्त, मिथिला लघुवित्त, मिर्मिरे लघुवित्त, विजय लघुवित्त, एनएमबी माइक्राेफाइनान्स लगायत रहेका छन् ।

आज २६० कम्पनीको दुई अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँबराबरको ६३ लाख २६ हजार १०५ किक्ता सेयर किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x