रोल्पाको त्रिवेणी गाँउपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा
काठमाडौं, १७ जेठ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले रोल्पाको त्रिवेणी गाँउपालिकास्थित जुगारमा आफ्नो ७१ औं शाखा विस्तार गरेको छ । २२ हजार बढी जनता रहेको प्रदेश नम्बर ५ स्थित त्रिवेणी गाँउपालिकाका स्थानीयलाई यो शाखाले वित्तिय कारोवारमा सहजता प्रदान गर्ने अपेक्षा स्वरुप शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जानकइएको छ । आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ६ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको यस बैंकको ६३ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको जानकारी दिइएको छ ।