उद्योग परिसंघ भन्छ, राजस्वको लक्ष महत्वाकांक्षी भयो

काठमाडौै,जेठ १७ । नेपाल उद्योग परिसंघले बजेटमा राखिएको राजस्वको लक्ष्य महत्वाकांक्षी रहेको धारणा सार्वजनिक गरेको छ ।परिसंघले विज्ञप्ति जारी गर्दै सरकारले प्रस्तुत गरेको १३ खर्ब १५ अर्ब १६ करोडको बजेटमा ८ खर्ब ३१ अर्ब राजस्व असुली गर्ने लक्ष्य महत्वाकांक्षी भएको बताएको हो ।

परिसंघले औद्योगिक व्यवसाय ऐनले दिएको सुविधालार्इ आर्थिक ऐनमा संबोधन नभएको जनाएको छ। रोजगारी, पूर्वाधार विकास, पर्यटन, कृषिव्यवसायको प्रवद्र्धनको लागि नीतिगत सुधार गरी औद्योगिक लगानीको सुनिश्चितता प्रदान गर्ने, निर्यात प्रोत्साहन रकममा वृद्धि, ऊर्जा दशकको घोषणा, उद्योग दर्ता र खारेजी सरलीकरण,जग्गाप्राप्तीमा सरलीकरण, उद्योगमा रोजगारी दिएवापत करमा छुट, प्राविधिक शिक्षामा इन्टर्नको लागि बजेट विनियोजन, सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापना गर्ने प्रावधान सकारात्मक पक्ष रहेको परिसंघले उल्लेख गरेको छ । यसैगरी दुई वर्षभित्र चिनी, औषधी, फलामे डण्डी, सिमेन्ट लगायतका आधारभूत निर्माण सामाग्रीमा आत्मनिर्भर हुने बजेटमा समावेश हुनु सकारात्मक रुपन लिन सकिने बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *