Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मिरमिरे माइक्रोफाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

मिरमिरे माइक्रोफाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,१७ जेठ । मिरमिरे माइक्रोफाइनान्सले हकप्रद शेयर निष्कासनको लागि जेठ १८ गते शेयर दर्ता किताब बन्द गर्ने भएको छ । सोहि कारण माइक्रोफाइनान्सको हकप्रद शेयर खरिद गरि सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

मिरमिरे माइक्रोफाइनान्सलाई १ बराबर १ कित्ता अर्थात सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता हकप्रद शेयर जारी गर्ने जनाएको छ । माइक्रोफाइनान्सले जारी गर्ने हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

माइक्रोफाइनान्सले जेठ २५ गते बस्ने सातौं वार्षिक साधारण सभामार्फत शेयरधनीहरुलाई ३०।८० प्रतिशत बोनस शेयर दिने भएको छ । हकप्रद शेयर र बोनस शेयर पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड ३८ लाख रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x