घट्याे सुनचादीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं, १४ फागुन । आइतबार नेपाली बजारमा सुनचादीकाे मूल्य घटेकाे छ । आज सुनकाे मूल्य ताेलामा ४०० रूपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै आज तेजावी सुनकाे मूल्य १ लाख १ हजार ५०० रूपैयाँ निर्धारण गरीएकाे छ । शुक्रबार तेजावी सन प्रतिताेला १ लाख १ हजार ९०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेकाे छ । आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।