Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

५० करोडको वैदेशिक रोजगार बचतपत्र विक्री खुला

५० करोडको वैदेशिक रोजगार बचतपत्र विक्री खुला

काठमाडौं, १४ फागुन । देश विकासको निम्ति वित्तीय साधन जुटाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकले आज फागुन १४ गते आइतबारबाट ५० करोड रुपैयाँबराबरको राष्ट्र ऋण व्यवस्थापन विभागअन्तर्गत वैदेशिक रोजगार बचतपत्र ‘२०८४’ क ९५ वर्षे० बिक्री खुल्ला गरेको हो ।

यसको उद्देश्य अहिले राष्ट्र बैंकमार्फत गरेको लगानी पाँच वर्ष पुगेपछि ब्याजसहित फिर्ता पाइनेछ । राष्ट्र बैंकका अनुसार बचतपत्रको खरिद अवधि चैत ३ गतेसम्म तोकिएको छ । निष्काशन मिति २०७९ चैत १० गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिति भने २०८४ चैत १० गते तोकिएको छ ।

वार्षिक १२ दशमलव ५० प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी भने अर्धवार्षिकरुपमा हुुने राष्ट्र बैंकले जानकारी दिएको छ । यो बचतपत्र देशबाहिर रोजगारीमा संलग्न वा देशबाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यहरु अर्थात् बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सक्नेछन् ।राष्ट्र बैंकका अनुसार बचतपत्रको खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ । खरिद गरिएको बचतपत्र धितो राखेर कुुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । बचतपत्र खरिदका लागि सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, प्रभुु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट प्रालि, सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि, आईएमई लिमिटेड, एनएमबी बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, नेपाल बैंक र इसेवा मनी ट्रान्सफरसहितका १५ वटा बिक्री एजेन्टहरु तोकिएका छन् ।

राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा दुई खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने छ । चालू आर्थिक वर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै टे«जरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा आन्तरिक ऋण उठाउने योजना सार्वजनिक गरिसकेको छ ।

आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमासिक अर्थात् पुस मसान्तसम्ममा १५ अर्ब रुपैयाँबराबरको टे«जरी बिल र १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र समेत गरी कुल ३० अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गरिसकेको छ । यसैगरी तेस्रो त्रैमासिकमा पनि ६० अर्ब रुपैयाँबराबरको टे«जरी बिल, २५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र र दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र पाँच वर्षे समेत गरी कुल ८८ अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गर्ने तयारी राष्ट्र बैंकको छ ।

चालू आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा भने राष्ट्र बैंकले एक खर्ब ३८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ७५ अर्ब रुपैयाँबराबरको टे«जरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे निष्काशन गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा उठाइने कुल आन्तरिक ऋणमध्ये एक खर्ब ५० अर्ब रुपैयाँबराबरको टे«जरी बिल, एक खर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, पाँच अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र पाँच वर्षे र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x