Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

जेनेभा भ्रमण रोकिएपछि अन्तर्राष्ट्रिय छवि र विश्वसनियता गुम्नेमा परराष्ट्रमन्त्री पौडेलको चिन्ता

जेनेभा भ्रमण रोकिएपछि अन्तर्राष्ट्रिय छवि र विश्वसनियता गुम्नेमा परराष्ट्रमन्त्री पौडेलको चिन्ता

काठमाडौं, १६ फागुन । ५२ औँ संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार सम्बन्धी सभामा भाग लिन आइतबार जेनेभा तर्फ उड्नै लाग्दा प्रधानमन्त्रीको आदेशमा भ्रमण राकिएपछि त्यसबाट नेपालको अन्तर्राष्ट्रिय छवि र विश्वसनियता गुम्नेमा चिन्ता गरिन् । उनले भनिन्, ‘महत्त्वपूर्ण  अन्तर्राष्ट्रिय सभा रहेको थियो । धेरै मुलुकका प्रतिनिधि र उच्च व्यक्तित्वहरुसंग भेटघाटको कार्यक्रम समेत थियो । तर, अचानक भ्रमण रोकिदा मुलुकको छवि बिग्रिने चिन्ता बढेको छ ।’

उनले मन्त्रीपरिषद्को निर्णय व्यवहारमा लागू नभएको भन्दै भ्रमण रोक्ने कार्यको विरोध समेत गरिन् । त्यसैगरि, कानुनले नै नचिनेका सल्लाहकार पूर्व कानुन मन्त्री गोविन्द बन्दीको नेतृत्वको टोली जेनेभा गएको समेत उनले आपत्ति जनाइन् । उनले प्रश्न गरीन् कार्यकारीले नेतृत्व गर्ने सभामा सल्लाहकारले नेतृत्व गर्न मिल्छ कि मिल्दैन ? यसकाे कानूनी हैसियत केहाे ?

पछिल्लो समय विदेशीहरूको नेपालमा भइरहेको उच्चस्तरीय र सघन भ्रमणका क्रममा परराष्ट्र मन्त्रालय बाइपास भएको नेताहरूले आफूखुसी विदेशी भेटेको समेत उनको टिप्पणी थियो । नेपाल नबोलाएका तर, आफूखुसी आएका पाहुनाहरूले भने यहाँको समय स स्रोत अनावश्यकरुपमा खर्च गर्ने र राजनीतिक वातावरण समेत बिथोलेर हिँड्ने गरेको उनको भनाई थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x