Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

दिगो मध्यकालीन आर्थिक वृद्धिका लागि थप वित्तीय सुधारको खाँचो

दिगो मध्यकालीन आर्थिक वृद्धिका लागि थप वित्तीय सुधारको खाँचो

काठमाडौं, १८ फागुन । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०ले नेपालको दिगो मध्यमकालीन आर्थिक वृद्धिका लागि थप वितीय सुधारको आवश्यकता औँल्याएको छ ।

दुई साता नेपाल रहेको आईएमएफको टोलीले दिगो ऋण व्यवस्थापन, बैङ्किङ नियमन र सुपरिवेक्षणमा अझ बढी सुधार, उद्योग व्यापार क्षेत्रको लागत घटाउने, प्रत्यक्ष वैदेशिक लगानीका अवरोध हटाउने र सुशासन प्रवद्र्धन गर्नुपर्ने जनाएको हो ।

“दिगो र समावेशी दीर्घकालीन आर्थिक वृद्धि मार्ग निर्माण गर्न नेपालले लिएको महत्वाकाङ्क्षी संरचनागत सुधारका एजेन्डाको आवश्यकता छ । उद्योग व्यापार क्षेत्रको लागत र प्रत्यक्ष वैदेशिक लगानीका अवरोध घटाउँदा उच्च मूल्यका कृषि उत्पादन, सूचना प्रविधि, ऊर्जा र पर्यटनजस्ता वृद्धिका सम्भावना भएका क्षेत्रलाई सहायता पुग्छ,” टोलीले वासिङ्टनबाट मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वैदेशिक रोजगारीमा रहेका कामदारका लागि वित्तीय उपकरण विकास तथा वित्तीय साक्षरता वृद्धि गरेर वित्तीय समावेशीकरणलाई सहयोग पुग्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचारविरोधी संस्थाको सुदृढीकरण र डिजिटलाइजेनले सार्वजनिक वस्तुको प्रभावकारितामा वृद्धि गर्छ । अझ राम्रो लक्षित सामाजिक सहायता, बलियो पूर्वाधारमा लगानी र कृषि उत्पादकत्वमा गरिने वृद्धि गरिबी न्यूनीकरण, जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका कारण हुने खाद्य असुरक्षाको जोखिम सम्बोधन गर्न सहयोग पुग्छ । सार्वजनिक संस्थानको पारदर्शिता र वित्तीय नियमनले तिनको कार्यदक्षतामा वृद्धि हुनुका साथै वित्तीय जोखिम घटाउनेछ ।”

नेपाललाई विस्तारित ऋण सुविधा ९एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी०अन्तर्गत थप पाँच करोड २० लाख अमेरिकी डलर प्रदान गर्न सकारात्मक देखिएको छ । आईएमएफअन्तर्गत आर्टिकल–४ को नियमित वार्षिक समीक्षाका क्रममा यो सहायतालाई निरन्तरता दिन आवश्यक नीतिगत व्यवस्थापनका लागि आईएमएफ र नेपाली अधिकारीबीच कर्मचारी तहमा सहमति भएको हो । कोषका अनुसार कार्यकारी बोर्डले यो सहमतिलाई अनुमोदन गरेमा यो रकम प्राप्त हुनेछ ।

यो रकम नेपालले ईसीएफअन्तर्गत प्राप्त गर्ने पूर्वनिर्धारित कुल ३७ करोड ५८ लाख अमेरिकी डलरमध्येबाट प्राप्त हुनेछ । कोषका उपडिभिजन प्रमुख जार्को टुरुनेन नेतृत्वको एक टोली समीक्षाका लागि फागुन ३ गतेदेखि १६ गतेसम्म विभिन्न सरकारी उच्चपदस्थ अधिकारीसँग छलफल गरेको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x