Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बैंकर्स संघले गृहसचिव र प्रहरी प्रमुखलाई भेटेर किन माग्यो सुरक्षा ?

बैंकर्स संघले गृहसचिव र प्रहरी प्रमुखलाई भेटेर किन माग्यो सुरक्षा ?

काठमाडौं, १८ फागुन । नेपाल बैंकर्स संघले गृहसचिव तथा नेपाल प्रहरीका प्रमुखलाई भेटेर सुरक्षा माग गरेकाे छ । बैंकमा काम गर्ने कर्मचारी असुरक्षित हुन थालेपछि संघका अध्यक्ष सुनिल केसीको नेतृत्वमा गएको संघको टोलीले गृहसचिव विनोदप्रकाश सिंह तथा धिरजप्रताव सिंहलाई भेटेर सुरक्षा मागेको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने भन्दै अराजक गतिविधि बढेकाे केही स्थानमा बैंकका कर्मचारीलाई समेत हातपात समेत हुन थालेको छ ।

गृहसचिव र प्रहरी प्रमुखले बैंकर्स संघको टोलीलाई सुरक्षा प्रदान हुने आश्वासन दिएका छन् । संघका अध्यक्ष केसीको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष सन्तोष कोइराला तथा कार्यसमिति सदस्य सुदेश खालिङ तथा संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सहभागी थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x