Date

बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025

आइतवार ३०.७७ अङ्कले घट्याे सेयर बजार, एक अर्ब ३९ करोडकाे काराेबार

आइतवार ३०.७७ अङ्कले घट्याे सेयर बजार, एक अर्ब ३९ करोडकाे काराेबार

काठमाडाैं, २१ फागुन । साताको काराेबारकाे पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । आज आइतवार  शेयर बजार परिसूचक नेप्से ३० दशमलव ७७ अङ्कले घटेर १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा झरेको हाे ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशत तथा आदर्श लघुवित्त र खप्तड लघुवित्तको शेयर साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *