Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

नेपाल बैंकले दियो एफपिओ निष्कासनको आवेदन

नेपाल बैंकले दियो एफपिओ निष्कासनको आवेदन

काठमाडौं, १७ जेठ । नेपाल बैंक लिमिटेडले थप शेयर निष्कासन एफपिओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले बैंकले १ करोड ७६ लाख ८४ हजार ८७८ कित्ता थप शेयर निष्कासनको लागि बोर्ड समक्ष आवेदन दिएको छ ।

बैंकको संचालक समितिले थप शेयर निष्कासन प्रति कित्ता २८० रुपैयाँ कायम गर्ने जनाएको छ । बैंकले प्रति शेयरको अंकित मुल्य एक सय रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर २८० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो । उक्त निर्णय बैंकको संचालक समितिको जेठ १० बसेको बैठकले गरेको थियो । थप शेयर निष्कासनको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल बैंक लिमिटेडको ५८औं वार्षिक साधारण सभाले थप शेयर निष्कासनको प्रस्तावलाई पारित गरेको थियो । थप शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यस्तै थप शेयर निष्कासन पछि बैंकमा रहेको सरकारी स्वमित्व ६२ प्रतिशतबाट ५१ प्रतिशतमा सिमित रहनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x