लक्ष्मी बैंकको १०२ औँ एटिएम पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा
काठमाण्डौ १७, जेठ । लक्ष्मी बैंक लिमिटेडले एटिएम सेवा पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा आज देखि संचालनमा ल्याएकोे छ । यो एटिएमको सेवा व्यारेकका सैनिकहरुका लागी मात्र नभई, सर्वसाधारणहरुका लागी पनि उपलब्ध हुने बैंकले जनाएको छ । पृतनापति देवेन्द« बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट मनिष राज कुँवरले एटिएमको उद्घाटन गरे ।
हाल बैंकले कुल ८४ शाखा र १०२ एटिएम काउन्टर मार्फत आफ्नो वित्तिय सेवा दिदै आएको छ ।
आगामी दिनहरुमा पनि बैंकले अझ धेरै शाखा अनि एटिएम सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।