Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपालमा लगानी वातावरण बनेको छ – महासंघ उपाध्यक्ष ढकाल

नेपालमा लगानी वातावरण बनेको छ – महासंघ उपाध्यक्ष ढकाल

कठमाडौं, जेठ १८ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा राजनीतिक स्थायीत्व निर्माण भई लगानीका लागि सुरक्षित वातावरण बनेको भन्दै विश्वका लगानीकर्तालाई नेपालमा लगानिका लागि आग्रह गरेका छन् ।

स्विट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई सम्बोधन गर्दै ढकालले नेपालमा सुरक्षित वातावरण निर्माण भएकाले कैयौँ नयाँ क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गरेका हुन ।

उपाध्यक्ष ढकालले नेपालमा हालैका दिनमा विकसित राजनीतिक स्थिरताका कारण देशमा रोजगारीका थप सम्भावनाहरुको वृद्धि, औद्योगिक उत्पादन तथा सम्बन्धमा विकास र विस्तार एंव उत्पादकत्व र आर्थिक वृद्धिका क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको उल्लेख गरे ।

नेपाल रोजगारदाता परिषद्को अध्यक्षसमेत रहनुभएका ढकालले नेपालले श्रमसम्बन्धी कानूनमा हालै सुधार गरेको र यसबाट श्रमिकका हक अधिकारको सुनिश्चितता प्राप्त भएको बताउँदै औद्योगिक उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्ष राखेको ढकालले बताए।

श्रमिकको सामाजिक सुरक्षासहितका विषयलाई समेत समेटेर श्रम कानूनमा गरिएको पछिल्लो सुधारले औद्योगिक सम्बन्धको विकास र प्रवद्र्धनका साथै श्रमिकका लागि कार्यक्षेत्रमा हुने सहयोगमा ठूलो सघाउ पुरयाउने उनको भनाइ थियो ।

सम्मेलनमा विश्वका १८० भन्दा बढी देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा तथा प्रतिनिधि र श्रमिक एंव त्यसका नेताहरु गरी चार हजारभन्दा बढीको सहभागिता रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x