Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एशिया प्याशिफिक क्षेत्रीय कार्यशाला शुरु, गुणस्तरिय पर्यटनकालागि पर्यटकीय तथ्याङ्कमा विज्ञहरुको जोड

एशिया प्याशिफिक क्षेत्रीय कार्यशाला शुरु, गुणस्तरिय पर्यटनकालागि पर्यटकीय तथ्याङ्कमा विज्ञहरुको जोड

काठमाडाैं, १ चैत । संयुुक्त राष्ट्रसंघ अन्तर्गत विश्व पर्यटन संगठन (युएनडब्लुटिओ), नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय÷नेपाल पर्यटन बोर्डको आयोजना तीन दिवसिय वेटर डाटा फर वेटर टुरिजम इन साउथ एशिया एण्ड प्यासिफिक ‘बेटर डाटा फर बेटर टुरिजम इन एसिया एण्ड द प्यासेफिक’ क्षेत्रीय कार्यशाला आजदेखि काठमाडाैंमा शुरू भएकाे छ ।

चैत्र १ देखि ३ गतेसम्म (मार्च १५ देखि १७) सम्म चल्ने कार्यशालामा नेपाल, भारत, बगंलादेश, मलेशिया, माल्दिप्स, इन्डोनेसिया,इरान, फिलिपिन्स , कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेन, लगायत ११ देश तथा युएनडब्लुयूटीओका प्रतिनिधिहरु सहभागी हुनुहुन्छ । संयुुक्त राष्ट्रसंघ अन्र्तगत विश्व पर्यटन संगठनले विश्व पर्यटनका विभिन्न आयामहरुमा छलफल गर्दै पर्यटन उद्योगलाई चलायमान गराउन विभिन्न क्षेत्रमा यस प्रकारका कार्यक्रम गर्दै आइरहेकोमा यो क्षेत्रीय कार्यक्रम नेपालमा आयोजना गरिएको हो ।

नेपालमा आयोजना गरिएको यो कार्यक्रमका माध्यमबाट हामीले विश्व पर्यटनका नयाँ आयामहरुका बारेमा थप जान्न तथा अनुभव आदान प्रदान गर्ने र दीगो पर्यटन विकासमा साझा धारणा तय गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको उट्घाटन सत्रमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्य स्थलको खोजी गरी त्यसको विकास र विविधिकरण , पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी बढाउनुका साथै पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्ने बताए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन क्षेत्रको प्रर्वद्धनमार्फत संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्ने कार्यको पनि थालनी गर्न सबैले आ आफ्नो ठाउँबाट प्रयास गर्नु पर्नेमा जोड दिँदै यो नेपालमा यो कार्यशाला आयोजना गरेकोमा युएनडब्लुयूटीओलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा संयुुक्त राष्ट्रसंघ अन्तर्गत विश्व पर्यटन सङ्कंगठनका एक्सटर्नल रिलेशन निर्देशक बेका जकेलीले पछिल्लो समय पर्यटनको आयामहरु परिवर्तन हुँदै गएको सन्र्दभमा पर्यटकीय योजना तर्जुमा देखि प्रर्वद्धनात्मक कार्यका लागि गुणस्तरिय तथ्याङ्क आवश्यक हुने बताए ।

स्पेनकालागि नेपाली राजदूत डा. शर्मीला पराजुली ढकालले कोभिडको प्रभाव कम हुँदै विश्व पर्यटन लयमा फर्किन थालेको यस समयमा नेपालमा आयोजना भएको यो कार्यशालामा विज्ञहरुका बीच हुने छलफल तथा बहसले विश्व पर्यटनलाई दिशानिर्देश गर्ने बताइन् ।

यस्तै गणतन्त्र कोरियाको संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयका डिजी जोङतायक पार्कले भर्चुअल माध्ययमबाट मन्तव्य राख्दै कार्यक्रमले गुणस्तरिय तथ्याङ्कमा काम गर्न र एक अर्को देशको अनुभव साटासाट गर्न कार्यक्रम फलदायी हुने अपेक्षा सहित शुभकामना व्यक्त गरे ।

युएनडब्लयूटिओको आयोजनामा नेपालमा भइरहेको यो कार्यक्रममा पर्यटनका विभिन्न आयामहरुमा हुने छलफल तथा पर्यटन तथ्याङ्कका विषयमा विभिन्न देशहरुका अनुभव आदान प्रदानले पर्यटनको लागि नयाँ दृष्टिकोण तया पार्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए ।

तीन दिवसीय कार्यशालामा पर्यटनसंग सम्बन्धित विभिन्न सेसनमा छलफल हुने बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x