Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आज काठमाडाैं उपत्यकामा पनि बैंकिङ सेवा सञ्चालन हुने

आज काठमाडाैं उपत्यकामा पनि बैंकिङ सेवा सञ्चालन हुने

काठमाडौं, ७ चैत । आज घाेडेजात्राकाे दिन पनि काठमाडौं उपत्यकामा बैंकिङ सेवा सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबारसमेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएकाे हाे ।

राष्ट्र बैंकद्वारा जारी गरेको सूचनामा भनिएकाे छ,  ‘घोडेजात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (ईसीसी), आरटीजीएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x