Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दुई खर्बले घट्यो व्यापार घाटा

दुई खर्बले घट्यो व्यापार घाटा

काठमाडौं, ९ चैत । चालू आर्थिक वर्षको ८ महिनामा नेपालमा व्यापार घाटा २ खर्बले घटेको छ । समग्र आयात घट्दा मुलुकको व्यापार घाटा पनि खुम्चिएको हो । भन्सार विभागका अनुसार फागुनसम्म मुलुकको व्यापार घाटा गत वर्षको तुलनामा दुई खर्ब सात अर्ब रुपियाँले घटेर नौ खर्ब ५३ अर्ब रुपियाँ पुगेको छ । गत वर्ष फागुनसम्म व्यापार घाटा करिब ११ खर्ब ६१ अर्ब रुपियाँ पुगेको थियो ।

मुलुकको सबभन्दा धेरै व्यापार घाटा सदाझैँ भारतसँग नै रहेको छ । तथ्याङ्कअनुसार भारतसँग नेपालको व्यापार घाटा पाँच खर्ब ८२ अर्ब रुपियाँ पुगेको छ । त्यसपछि चीनसँग यस्तो घाटा एक खर्ब ४५ नाघेको छ । नेपालको ठूलो व्यापारिक साझेदारका रूपमा उदाएको इन्डोनेसियासँग ३० अर्ब १७ करोड रुपियाँको व्यापार घाटा रहेको छ ।

सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा रहेको भारतबाट छ खर्ब ५६ अर्ब ८० करोड रुपियाँको वस्तु आयात हुँदा नेपालबाट ७४ अर्ब २१ करोड रुपियाँको वस्तु निर्यात भएको छ । चीनबाट एक खर्ब ४५ अर्ब रुपियाँको वस्तु आयात हुँदा ५१ करोड ९३ लाख रुपियाँको मात्र वस्तु निर्यात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x