Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

पच्चीस देशका आरोहीले लिए वसन्तकालीन हिमाल आरोहण अनुमति

पच्चीस देशका आरोहीले लिए वसन्तकालीन हिमाल आरोहण अनुमति

काठमाडौं, ९ चैत। यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न हालसम्म २५ देशमा ५३ जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्ममा पाँचवटा हिमाल आरोहणका लागि ५३ जना आरोहीले अनुमति लिएका हुन् । जसमध्ये ३६ जना पुरुष र १७ जना महिला छन् ।

आरोहण अनुमति शुल्कबापत एक करोड ३६ लाख चार हजार ७३० रुपियाँ सङ्कलन भएको विभागले जनाएको छ । विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाले यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने आरोहीको सङ्ख्या बढ्न सक्ने बताए ।

यो सिजनमा अन्नपूर्ण हिमालको आरोहणका लागि सबभन्दा धेरै ३४ जनाले अनुमति लिएका छन् । त्यस्तै पाङ्गी गोल्डुङ्बा आरोहणका लागि छ जना, थोरोङ पिक आरोहणका लागि पाँच जना, मनासलु आरोहणका लागि छ जना र सुर्मा सरोवर आरोहणका लागि दुई जनाले अनुमति लिएको उनले बताए ।

हालसम्म आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै दक्षिण कोरिया र जापानका छ, छ जना रहेका छन् । त्यसैगरी अमेरिकाबाट पाँच, भारत र नर्वेबाट चाररचार, बेलायतबाट तीन जना, चीन, फ्रान्स, म्यासिडोनिया, पाकिस्तान रोमानियाबाट दुई÷दुई जनाले आरोहण अनुमति लिएका छन् । अन्य १४ देशबाट एक÷एक जना आरोहण अनुमति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२२ को वसन्त ऋतुमा सबभन्दा बढी ४५८ जनाले विभिन्न हिमालको आरोहण गरेका थिए । उक्त समयमा नेपालसहित ७४ देशका १२३ समूहका ९८६ जनाले अनुमति लिएका थिए । सन् २०२२ मा आरोहणका लागि खुला गरिएका २७ हिमालमध्ये वसन्त ऋतुमा १४ हिमालमा मात्रै सफल आरोहण भएको थियो ।

उक्त १४ हिमालमध्ये सबभन्दा बढी सगरमाथामा २४० जनाले आरोहण गरेका थिए । सरकारले अहिलेसम्म ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x